शाश्वतधाम एकै दिनमा ५० हजारले दर्शन गरे


शाश्वतधाम एकै दिनमा ५० हजारले दर्शन गरे

नवलपुर ।  जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शाश्वतधामको एकै दिनमा ५० हजार भन्दा बढिले दर्शन गरेका छन् ।

नवलपुरको जिल्लाको देवचुलि नगरपालिकामा रहेको यस धार्मिक तथा पर्यटकीय स्थलमा नयाँ बर्षको दिन वैशाख १ गते नै ५० हजार ८ सय ३१ जनाले अवलोकन गरेको शाश्वतधाम प्रमुख अशोक घर्तिले बताउनु भयो ।

प्रमुख  घर्तिले  भन्नुभयो गत बर्ष ३९हजार २ सय १५ जनाले अभलोकन गरेका थिय भने यो बर्ष १० हजार जना दर्शनार्थी बढि भित्त्राउन सकिएको बताउनुभयो । शाश्वतधाम यस जिल्लाको मात्र नभई देशकै नमुना धार्मिक तथा पर्यटकीय गतब्य हुदै गएको छ ।

+ There are no comments

Add yours