धर्मावलम्बीको चौतारो शाश्वतधामको दश ढोका


धर्मावलम्बीको चौतारो शाश्वतधामको दश ढोका

नवलपुर । शाश्वतधामको मुख्य ढोकाबाट भित्र पस्नासाथ १० ढोकायुक्त चौतारोमा पुगिन्छ । तेहाँ पुग्दा साथ   धर्मावलम्बीहरु बसि हाल्छन् । मन आनन्दित र अध्यामिक बनाउछन् ।

मानिसको शरीरमा भएका नौ द्वार र तेस्रो आँखालाई १०औँ द्वार मानिएको हो । प्रवेशद्वारलाई लोकको द्वार पनि भनिन्छ । दायाँतर्फको ढोकाअगाडि महाभारतमा व्याख्या भएअनुसार कृष्णले चलाएको रथमा अर्जुन विराजमान छन् । त्यहाँसम्म पुग्ने द्वारलाई धर्मद्वार भनिन्छ । बायाँतर्फ ढोकाबाट ढुंगेधारा भएको स्थानमा पुगिन्छ ।

यसलाई सामाजिक परम्परा र पुन्यको द्वार मानिएको छ । त्यहाँबाट सीधा अघि बढ्दा मन्दिरमा पुगिने भएकाले यसलाई देवताको द्वार मानिएको छ । हरेक कर्मको छुट्टै महत्व रहेको कुरो दर्शाउन यस्ता द्वार निर्माण गरिएको शाश्वतधाम प्रमुख असोक घर्तिले बताउनुभयो ।

+ There are no comments

Add yours