शाश्वत धाममा ज्येष्ठ नागरिकहरु


शाश्वत धाममा ज्येष्ठ नागरिकहरु

गैंडाकोट नगरपालिका को आयोजना मा गैंडाकोट नगरपालिका वडा नं १ का ८० वर्ष माथिका १०० जना ज्येष्ठ नागरिक हरूलाई सम्मान गर्दै तिर्थस्थल भ्रमण को क्रम मा आज मिति २०७६/३/१४ गते, शनिबार  शाश्वत धाम भ्रमण गराइएको छ।  वडा अध्यक्ष हरि सापकोटाको नेतृत्वमा २ बजे शाश्वत धाम आइपुगेका  ज्येष्ठ नागरिक हरूलाई शाश्वत धाम परिवार को तर्फ बाट वैदिक कर्मकाण्ड  गुरुकुलका वटुकहरुले स्वास्ति वाचन गरि स्वागत गरेका थिए ।

शाश्वत धामको मुल गेटबाट प्रवेश गरि दशद्वार, कृष्णलिला, भागवतसार, बौद्ध चैत्य, बुद्धिष्ट सेन्टर, लिला खेल, यज्ञशाला, श्री हरिहर दर्शन , १०८ शिवलिङ्ग, नवग्रह दर्शन, एकाम्बरेश्बर मन्दिर दर्शन, धार्मिक सँग्र्हालय अवलोकन, समुन्द्र मन्थन दर्शन गर्दा भारतको चार धाम गए भन्दा बढी आन्नद भएको सहभागी ज्येष्ठ नागरिकहरूले बताउनुभयो |  शाश्वत धाम ज्येष्ठ नागरिकहरूको लागि  उचित गन्तव्य स्थल भएको सुनेका थियौं, आज आउन जुर्यो भन्दै ज्येष्ठ नागरिक हरूले सन्तुष्टि  व्यक्त गर्नु भएको थियो |

+ There are no comments

Add yours