शाश्वत धाममा मनाइयो अन्तराष्ट्रिय योग दिवस


शाश्वत धाममा मनाइयो अन्तराष्ट्रिय योग दिवस

 

अन्तरास्ट्रिय योग दिवस, आज, जेष्ठ ६ गते शुक्रबार (२१ जुन) नवलपुर जिल्ला को देवचुली स्थित धार्मिक तथा पर्यटकीय गन्तब्य शाश्वत्धाममा विशेष कार्यक्रमका साथ मनाइयो | बिहान ६ बजे मंगल प्रार्थना एवं राष्ट्रगान संगै सुरु भएको यस कार्यक्रममा वैदिक कर्मकाण्ड गुरुकुलका योग गुरु तथा छात्रहरुले सामुहिक रूपमा सुर्य नमस्कार, अर्धकट्टी चक्रासन, मत्स्यासन, पर्स्वकोणासन, धनुरासन, आदि अनेक प्रकारका योगासनको अभ्यास गरेका थिए | यसै क्रममा शितली, सित्कारी, सदंता आदि अनेक प्राणायम पनि गरियो | गुरुकुलका छात्रहरुले प्रदर्शन गरेको पिरामिड योगासन सम्पूर्ण राष्ट्रमा राष्ट्रियताको भावना जागृत गर्ने किसिम को थियो | कार्यक्रम को अन्त्यमा गुरुकुलका योगगुरु, केशव घिमिरेले योग तथा यसको महत्वको बारेमा आफ्नो धारणा राख्नु भएको थियो |

 

+ There are no comments

Add yours