शाश्वत धाममा बुद्धको अस्तु धातु प्रदर्शनी


शाश्वत धाममा बुद्धको अस्तु धातु प्रदर्शनी

२५६३ औं बुद्ध जयन्तिको अवसरमा आज शाश्वताधाममा भगवान गौतम बुद्धको अस्तु सर्वसाधरणकोलगि प्रदर्शनीमा राखियो | बिहान करिब ८ बजे एक अनौपचारिक कार्यक्रम गरिएर सो दुर्लभ तथा पवित्र अस्तु प्रदर्शनी गरिएको हो | सोहि कार्यक्रममा कलाकारद्वय भिम सुबेदी तथा प्रकाश थापा (प्रथा) द्वारा तयार पारिएका भगवान गौतम बुद्धको जीवनिप्रती समर्पित २० ओटा चित्रकलाहरु पनि यस शाश्वत्धाम मा रहेको बुद्धिष्ट संग्रहालयमा राखियो | सो कार्यक्रममा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि श्री दीपक राज नेपाल, जिल्ला समन्वय समिति, नवलपुर कि उपप्रमुख शारदा बि. क, पत्रकार महासंघ, नवलपुरका जिल्ला सभापति होमराज रानाभाट, सहमति संस्थाका महासचिब नगेन्द्र सुबेदी, सहज फाउण्डेसनका अद्यक्ष करुणा सगर सुबेदी, वर्चुली गुम्बाको आमा समूहकि अधक्ष्य द्रुपति गुरुङ, कलावती आर्ट काउन्सिलका निर्देशक भिम सुबेदी, कलाकार प्रथा लगायत का विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो |

+ There are no comments

Add yours